गैँडाकोट । गैँडाकोटको कालिका स्कुलबाट एसइइ दिएर बसेकी एकछात्रा सम्पर्कविहिन भएकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. ८ सिद्धिविनायक टोल स्थित राजु सापकोटाको घरमा विगत ८ वर्षदेखि बस्दै आएकी १६ वर्षीया सविता राइ बैशाख २९ गते साँझदेखि बेपत्ता भएको सापकोटा परिवारले जनाएको छ ।
घरमा गृष्मा भनेर बोलाउने उनले कालिका स्कुलबाट एसइइ दिएर बसेकी थिइन् । उनको खोजिका लागि इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दर्ता गराएको राजु सापकोटाले बताउनुभयो ।
मकबानपुरको ग्रामीण भेगमा बसोबास गर्ने सविता ८ वर्षदेखि सापकोटा परिवारकै संरक्षणमा रहँदै आएकी थिइन । सवितालाई कहिकतै देखेमा नजिकको प्रहरी कार्यालय वा राजु सापकोटाको मोबाइल नम्बर ९८४५२००९४५ मा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।



उज्यालो खबर

