गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला नकआउट भलिवल प्रतियोगिता सुरु भएको छ । एसपीएम कलेज स्वतन्त्र विद्यार्थी यूनियन गैँडाकोट २ को आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितमा कुुल २३ वटा समूहको सहभागिता रहेको स्वतन्त्र विद्यार्थी यूनियन एसपीएम कलेजका सभापति विज्ञान न्यौपानेले जानकारी दिनुभयो ।प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा न्यू प्रगतिशिल यूवाक्लव खाल्टेलाई हराउँदै आयोजक स्ववीयू एसपीएम विजयी भएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार ५५५ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र तथा द्धितिय हुने समूहलाई ३० हजार ३३३ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।भोलिदेखि विहान सातबजेबाट नै खेल सञ्चालन हुने कार्यतालिक छ । आजदेखि सुरु भएको भलिवल प्रतियोगिता ज्येष्ठ ३ गतेसम्म सञ्चालन हुनेछ ।
स्वतन्त्र विद्यार्थी युनियन एसपीएम कलेजका सभापति विज्ञान न्यौपानेको अध्यक्षता तथा नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको औपचारिक उद्घाटनसत्रमा कलेज ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी, कलेजका प्राचार्य दिपेन्द्र पाैडेल , कार्यक्रमका संयोजक श्यामकुमार बाचे लगायतको सहभागिता रहेको थियो । साे अवसरमा प्रादेशिक खेलाडि हिमाल सुनारीलाई सम्मान समेत गरिएकाे थियाे ।




उज्यालो खबर




