जेष्ठ ४ गते चितवनमा राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हुँदै
चितवन - चितवनको नारायणगढमा रहेको शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनको नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्ने भएको छ । नारायणगढको लायन्सचोकमा रहेको आफ्नै कार्यालयमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो ।
राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार बैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमान्डौ सहित बैशाख ३१ गते हेटौडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भैस...


