×

चितवन सेरोफेरो

वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा

वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा
काठमाडौँ। बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो ।काठमाडौँको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २४ गते बिहान ९ बजे ...

गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन छैन- नेपाल

गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन छैन- नेपाल
चितवन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्।चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताए। ‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ उनले भने, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’अध्यक्ष नेपालले विगतमा गर...

इच्छाकामना गाउँपालिकाका महिलाका लागि नेतृत्व विकास तालिम

इच्छाकामना गाउँपालिकाका महिलाका लागि नेतृत्व विकास तालिम
चितवन । इच्छाकामना गाउँपालिकाको आयोजनामा आजदेखि पालिकाका महिला सदस्य तथा अगुवा महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।पालिकाको उपाध्यक्षसँग आमा समूह कार्यक्रम अन्तर्गत पालिकाका सातै वडाका अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला समूहका अध्यक्ष तथा सचिव र वडाका महिला सदस्यहरुको नेतृत्व विकास तालिम सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिमको सोमबार भएको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।सो अवस...

भरतपुरमा ४५ दिने कपाल काट्ने तालिम सुरु

भरतपुरमा ४५ दिने कपाल काट्ने तालिम सुरु
चितवन- भरतपुर महानगरपालिका–१२ को रामबेल सामुदायिक वनमा २५ जना युवाको सहभागितामा ४५ दिने कपाल काट्ने तालिम सुरु भएको छ ।रामबेल सामुदायिक वनको आयोजनामा जिल्ला वन पैदावार आपूर्ति समितिको सहयोगमा आज आइतबारबाट सो तालिम सुरु भएको हो । १२ नम्बर वडाका युवाहरुको सहभागिता रहेको तालिमलाई सीजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनले सहजीकरण गरेको छ । तलिमको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्की, वडा नम्बर १२ का अध्यक्ष लेखनाथ पन्त ‘हरि’, सहडिभिजन वन कार...

भरतपुरमा खुल्यो – सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टर

भरतपुरमा खुल्यो – सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टर
गैँडाकोट- सर्वसाधारणलाई स्वस्थ बनाई सभ्य समाजको निर्माण गर्ने उदेश्यले चितवनको भरतपुरमा योगा हाउस सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर आयलको पछाडि सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको हो । सेन्टरको शुक्रबार एक समारोहका विच चितवन जिल्ला आयूर्वेद अस्पातलका प्रमुख डा. कोपिला अधिकारी र संस्थाका संरक्षक महेन्द्र प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सर्वसाधरणहरुलाई शारिरिक मानसिक र भावनात्मक रुपले तन्दुरुस्त बनाई स्वस्थ समाजक...

भरतपुरबाट पाँच बर्षका बालक बेपत्ता, प्रहरी भन्छ- खोजी कार्य जारी छ

भरतपुरबाट पाँच बर्षका बालक बेपत्ता, प्रहरी भन्छ- खोजी कार्य जारी छ
चितवन । चितवनको भरतपुर महानगरपालिका–१० हाकिमचोकबाट एक बालक सम्पर्कविहिन छन् ।रौतहट सन्तपुर नगरपालिका–८ मेवा स्थायी घर भई भरतपुरको हाकिमचोक बस्दै आएका १३ वर्षीय सुवास पटेल पाँच दिनदेखि बेपत्ता भएका हुन् । उनी वैशाख ९ गते साँझ ८ बजेदेखि सम्पर्क विहिन भई हराइरहेको हुँदा निजलाई देख्ने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।सम्पर्क विहिन भएका बालकको वर्ण गँहुगोरो, उचाई ४ फिट र तौल ३० किलो रहेको छ । उनको कपाल कालो, मोटो शरिर भएको र उनले रातो टिसर...

पत्रकार नारायण ढुङ्गानालाई ‘गोल्ड मेडल’

पत्रकार नारायण ढुङ्गानालाई ‘गोल्ड मेडल’
काठमाडौँ –राससकर्मी नारायण ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दिक्षान्त समारोहमा उहाँलाई उक्त पदक प्रदान गरिएको हो । विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनुभएका ढुङ्गानालाई सो पदक प्रदान गर्नुभएको हो । कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए तीन दशमलव ७५ अङ्क ल्याउनुभए...

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
भरतपुर- चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका २२ घर निर्माण गरिएको छ । संघीय सरकारको करिब डेढ करोडको शसर्त अनुदानबाट विपन्न चेपाङको घर निर्माण गरिएको हो । पालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयोे । उहाँका अनुसार एक महिना भित्र सबै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिनेछ । अधिकांस घर निर्माणको अन्तिम चरणमा पुगेको भन्दै घरको छाना छाउन र रंङ ल...

बसको ठक्करबाट चितवनमा तीर्थयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा तीर्थयात्रीको मृत्यु
रासस भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्री...