चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि
चितवन- चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ ।प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए ।
प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालयको मैदानमा हुनेछ । प्रतियोगिताको विजेत...


