चितवन । भरतपुरका केहिक्षेत्रमा आइतबार विद्युत्त अवरुद्ध हुने भएको छ । ११ केभी प्रशारण लाइनको स्तरोन्नती कार्यको लागि विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म बिद्युत्त आपूर्ती बन्द हुने नेपाल बिद्युत्त प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
केन्द्रको सूचना अनुसार आइतबार विहान भरतपुरको धारेचोकदेखि पूर्व शरदपुर स्कुलतर्फ र वडा नं. ९ को कार्यालय तथा आसपासका क्षेत्रहरुमा विद्युत्त अवरुद्ध हुनेछ । निर्धारित समयभन्दा अगावै काम सकिएमा छिटो लाइन चालुहुनसक्ने समेत वितरण केन्द्रले जनाएको छ ।




उज्यालो खबर




