×

चितवन सेरोफेरो

चितवनको सनराइज स्कुलको होस्टेलबाट बालक बेपत्ता

चितवनको सनराइज स्कुलको होस्टेलबाट बालक बेपत्ता
चितवन- चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । सनराइज इङ्लिस बोर्डिङको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन्। मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित छन्। भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा छिन्। मासिक शुल्क तिरेर परिवारले उनलाई स्कुलको होस्टलमा राखेको थियो। ‘छोरालाई बोडर्स गरेर राखेकोले म ढुक्क थिए आमा सरिता पौडेलले भनिन्, स्कुलबाटै राम्रोसँग क...

माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु
माडी । माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए । त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रे...

मुकुल लाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

मुकुल लाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी  ले डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी यो निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो। साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकालले पनि ...

खगेरी नहरमा हाम फालेर एक महिला बेपत्ता

खगेरी नहरमा हाम फालेर एक महिला बेपत्ता
चितवन -  चितवनमा सिचाईको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित खगेरी नहरमा हाम फालेर ३६ बर्षिया कमला पौडेल बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ गुम्बाचोक घर भएकी पौडेल साँझ ७ वजेर ४० मिनेटको समयमा नहरमा हाम फालेको प्रहरीको भनाई छ । प्रहरी र स्थानीयले खोजीकार्य गरेपनि यो खबर तयार पार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

चितवनबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव

चितवनबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव
  चितवन । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ ।भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।घाइतेको काठमाडौंस्थित त्...

भरतपुरमा खुल्यो – ‘फेसियल हाउस ब्युटी एकेडेमी’

भरतपुरमा खुल्यो – ‘फेसियल हाउस ब्युटी एकेडेमी’
चितवन - नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ ।ब्युटी पार्लरसम्बन्धी विभिन्न तालिम लिन चाहाने चितवनका महिला दिदीबहिनीहलाई लक्षित गरी आज शनिबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याइएको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । उनी केही दिनदेखि चितवनमा रहँदै आएकी छिन् । उनका अनुसार चितवको भरतपुरस्थित सीजी ल्याण्डमार्कमा सो ब्युटी एकेडेमी सञ्जालनमा ल्याइएको हो । ब्य...

तनहुँ बस दुर्घटना – मृतक सबैको शव परीक्षण चितवनमा हुने

तनहुँ बस दुर्घटना – मृतक सबैको शव परीक्षण चितवनमा हुने
  तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइए...

आँबुखैरेनी बस दुर्घटनामा १४ जनाको मृत्यु

आँबुखैरेनी बस दुर्घटनामा १४ जनाको मृत्यु
काठमाडौं। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।सशस्त्र प्रहरी बल  प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए। भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ। बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ।प्रारम्भिक रूपमा ब...

रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छुः निलम्बित महामन्त्री ढकाल

रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छुः निलम्बित महामन्त्री ढकाल
काठमाडौँ- रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । शुक्रबार स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने भन्दै लेखेका छन्‚‘ राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टी...