×

चितवन सेरोफेरो

संस्थागत क्षमता मूल्यांकनमा रत्ननगर नगरपालिका जिल्लाकै उत्कृष्ट, देशकै तेस्रो

संस्थागत क्षमता मूल्यांकनमा रत्ननगर नगरपालिका जिल्लाकै उत्कृष्ट, देशकै तेस्रो
चितवन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा चितवनको रत्ननगर नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका ठहरिएको छ । चितवनका सबै स्थानीय तहहरुलाई पछि पार्दै रत्ननगर नगरपालिकाले जिल्लामा आफुलाई पहिलो स्थानमा उभ्याउन सफल भएको हो । देशभरका स्थानीय तहहरुमध्ये रत्ननगर नगरपालिका तेस्रो स्थानमा आउन सफल भएको छ ।धादिङको नीलकण्ठ उत्कृष्ट, रूपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएको मन्त्रालयका प्रवक्ता...

यातायात कार्यालय भरतपुरबाट १९ हजार बढीले लिए सवारी चालक अनुमतिपत्र

यातायात कार्यालय भरतपुरबाट १९ हजार बढीले लिए सवारी चालक अनुमतिपत्र
चितवन –यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन । कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ । सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उहाँले बताउनुभयो । यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार...

बालबालिकाहरुको सहयोगार्थ भोलि सांगीतिक साँझ हुँदै

बालबालिकाहरुको सहयोगार्थ भोलि सांगीतिक साँझ हुँदै
भरतपुर- चितवनको भरतपुरमा भदौँ ७ गते ब्राईट स्टार सांगीतिक साँझ हुने भएको छ । ब्राईट स्टार समाज नेपालमा आश्रित बालबालिकाहरुको सहयोगार्थ होटल सिराईचुलीमा म्यूजिकल ईभेन्ट्स २०८१ अन्र्तगत (ब्राईट स्टार सांगीतिक साँझ) हुन लागेको हो । विगत लामो समयदेखि चितवनमा सामाजिक कार्य तथा सांगीतिक कार्यक्रम गर्दै आएका सुरेश जोशीको विशेष पहलमा ब्राईट स्टार सांगीतिक साँझ गरिन लागेको हो । आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियार र रेस्मा पुनसगैँ गायक अलिफ खानको ...

 एक्सपर्ट चितवनको शैक्षिक मेलामा उत्साहजनक सहभागिता

 एक्सपर्ट चितवनको शैक्षिक मेलामा उत्साहजनक सहभागिता
चितवन– विहानैदेखि परेको पानीको कुनै प्रवाह नगरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आज (बुधबार) बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला दिउँसो ३ बजेसम्म चलेको थियो । पानी परेपनि विद्यार्थी तथा अभिभावकहरु समयमै कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले शैक्षिक मेलामा आफूले बुझ्न चाहेको विषय र आफ्नो अपेक्षा पुरा भएको प्रतिक्रिया दिएका ...

एक्सपर्ट चितवनको शैक्षिक मेला भोलि, तयारी पूरा

एक्सपर्ट चितवनको शैक्षिक मेला भोलि, तयारी पूरा
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा बुधबार हुन लागेको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्स...

चितवनको कालिकामा खोलाले बगाएर ६ वर्षीय बालक बेपत्ता

चितवनको कालिकामा खोलाले बगाएर ६ वर्षीय बालक बेपत्ता
चितवन । चितवनको कालिका नगरपालिका–७ स्याउली बजारस्थित बुङखोलाले बगाएर ६ वर्षीय बालक बेपत्ता भएका छन् ।आज दिउँसो साढे १ बजेको समयमा कालिका–७ बस्ने उत्तम अर्यालको ६ वर्षीय छोरा हरिराम अर्याललाई हातखुट्टा धोइरहेको अवस्थामा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता बालकको खोजीको लागि टाँडीका डिएसपीको नेतृत्वमा १३ जनाको टोली खटिएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार हालसम्म बालक फेला परेका छैनन् ।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु
बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए । पहिरोले ग...

आजदेखि ‘गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेला’ शुरु

आजदेखि ‘गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेला’ शुरु
चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले आजदेखि  शैक्षिक मेला शुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेला शुरु गरेको हो । संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला शुरु गरिएको...

चितवनमा मोटरसाइकल दुर्घटना-प्रहरी हवल्दारको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना-प्रहरी हवल्दारको मृत्यु
चितवन- चितवनको खैरहनी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । आज बिहान २ः४० बजेको समयमा खैरहनी–८ बाबा पेट्रोलपम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमलतर्फ आउँदै गरेको बागती प्रदेश०३–००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । मोटरसाईकल दुर्घटना हुँदा लमजुङ राईनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल रत्ननगर नगरपालिका–१५ खोलेसिमल बस्ने वर्ष ४३ को हेमन्त कुमार श्रेष्ठ गम्भ...