चितवन – चितवनमा सिचाईको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित खगेरी नहरमा हाम फालेर ३६ बर्षिया कमला पौडेल बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १४ गुम्बाचोक घर भएकी पौडेल साँझ ७ वजेर ४० मिनेटको समयमा नहरमा हाम फालेको प्रहरीको भनाई छ । प्रहरी र स्थानीयले खोजीकार्य गरेपनि यो खबर तयार पार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।



उज्यालो खबर




