भरतपुरको नारायणी पब्लिक स्कुललाई अन्तराष्ट्रिय स्कुल अवार्ड प्रदान
गोविन्द घिमिरे
चितवन । चितवनको भरतपुरमा रहेको नारायणी पब्लिक स्कुलले अन्तराष्ट्रिय स्कूल अवार्ड (आइएसए) हासिल गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल नेपालले उक्त अवार्ड प्रदान गरेको आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष एवंम् प्रवन्ध निर्देशक राजेश्वर खनालले जानकारी दिनुभयो ।
विद्यालयका अध्यक्ष खनालका अनुसार यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी शैक्षिक योजना र कार्यक्रम गर्दै जाने बताउनुभ...


