गोविन्द घिमिरे
चितवन । चितवनको भरतपुरमा रहेको नारायणी पब्लिक स्कुलले अन्तराष्ट्रिय स्कूल अवार्ड (आइएसए) हासिल गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल नेपालले उक्त अवार्ड प्रदान गरेको आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष एवंम् प्रवन्ध निर्देशक राजेश्वर खनालले जानकारी दिनुभयो ।
विद्यालयका अध्यक्ष खनालका अनुसार यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी शैक्षिक योजना र कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाँले शैक्षिक वातावरण, पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम र परियोजना कार्यमा विभिन्न देशका बिधालयसंग गरियको समन्वय र आदान प्रदानको आधारमा शैक्षिक, भौतिक तथा कक्षा व्यवस्थापन लगायतमा उत्कृष्ट भएकै कारण अवार्ड प्राप्त भएको र यसले विद्यालय परिवारलाई धेरै खुशी मिलेको बताउनुभयो ।
शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैको सहयोगले अवार्ड प्राप्त गर्न सफल भएको र आगामी दिनमा शैक्षिक गुणस्तर कायम राख्दै लैजाने आइएसए कार्यक्रम संयोजक नविन बगालेले बताउनुु भयो । उहाँका अनुसार काउन्सिलले देशभरका २० जिल्लाका १०७ वटा विद्यालयलाई यो अवार्ड प्रदान गरेको छ । वर्ष २०१९–०२० र २०२०–०२१ को संयुक्त अवार्ड सेरमनी गरेर मंगलबार प्रदान गरेको हो ।
विद्यालयका निर्देशक अनिता खनालले इन्टरनेशनल स्कुल अवार्डको प्रमाण पत्र प्राप्त गरी विद्यार्थीहरुलाई पाठ्यक्रममा विश्वव्यापी विषयवस्तु सम्मिलित पद्धति प्रयोग गरी पढाइने हुँदा बेलायतका विद्यालयहरूसँग यस स्कुलले सहकार्य गर्न अवसरको ढोका खुलेको बताउनु भयो ।
ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड एक बेन्चमार्किड योजना हो जसले स्कुलहरुको लागि एक उत्कृष्ट तरको लयले अघि बढ्नका लागि युवा विद्यार्थीहरुमा वैश्विक नागरिकको क्षमताको पोषण तथा शिक्षण र सिकाइमा समृद्ध हासिल गराउँछ । यो विद्यार्थीहरु, शिक्षकहरु र सम्पूर्णमा स्कुलभित्र एक सकारात्मक प्रभाव बढाउन सहयोगी रहन्छ ।
विसं २०५१ सालमा ब्रिटिस भारतीय सेनाना भूतपूर्वको सक्रियतामा स्थापना भएको नारायणी पब्लिक स्कूल वि.स २०६३ सालबाट शैक्षिक तथा सामाजिक व्यक्तिहरुद्वारा संचालन भई साढे दुई दशकको समयावधिमा चितवनको शैक्षिक जगतमा एक नयाँ आयाम थप्न सफल भएको छ।
शिक्षाले सामाजिक रुपान्तरणका साथसाथै समय सापेक्ष राष्ट्रिय एवम् अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्ने मुल उद्देश्य बोकेको नारायणी पव्लिकले वि सं २०६४ सालदेखि उपत्यका बाहिर पहिलो पटक +२ तर्फ Computer Science and Tourism तथा Hotel Management जस्ता प्राविधिक विषय संचालन गरी देशको आवश्यकता अनुसारको दक्ष प्राविधिक जनशक्ति तयार पारिरहेको छ। त्यस्तै समाजको आवश्यकता र चाहाना अनुसार २०७४ सालबाट +२ तर्फ विज्ञान संकाय र २०७७ सालदेखि कानून संकायमा कक्षा सञ्चालन गरिरहेको छ।
पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य बेदराज न्यौपाने, दशजोड २ का संयोजक जनकराज घिमिरे, प्रशासकीय प्रमुख दिपक ढुगांना, आधारभूत तह प्रमुख सन्तोष रिमाल, पूर्व प्राथमिक तह प्रमुख शोभा,बास्तोला लगायतको उपस्थिति रहेको थियो ।