×

चितवन सेरोफेरो

सीएमटी रिसोर्टद्धारा “८४ ब्यञ्जन रात्रीभोज” विशेष प्याकेज सुरुवात

सीएमटी रिसोर्टद्धारा “८४ ब्यञ्जन रात्रीभोज” विशेष प्याकेज सुरुवात
चितवन। चितवनको भरतपुरमा विगत डेढवर्षदेखि सञ्चालन हुुँदै आएको चितवन मिडटाउन रिसोर्ट (सीएमटी)ले “८४ ब्यञ्जन रात्रीभोज” नामक विशेष प्याकेज सुरुवात गरेको छ ।आन्तरिक पर्यटन प्रवद्धन गर्दै चौरासी ब्यञ्जनका परिकारका माध्यमबाट नेपाली खानाको प्रर्बद्धन गर्नका लागि हरेक साताको सोमबार “८४ ब्यञ्जन रात्रीभोज” प्याकेज सुरुवात गरिएको रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ऋषिमुनीहरुको पालादेखि चल्दै आएको ८४ ब्यञ्जनलाई परिर्वतित रुपमा ग्राहकहरुको स्वाद अनुुसार अगाडी ल्याइएको र...

पानी खुवाएको एक घण्टामा गोठका सवै पशु मरे

पानी खुवाएको एक घण्टामा गोठका सवै पशु मरे
चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर ९ दोगारामा एक जना कृषकको घरमा पालिएका सवै पशु एक घण्टाको अवधीमा मरेकाछन् । स्थानीय कृषक सिताराम थापाको घरमा पालिएका पशुलाई अपरान्ह ३ बजेको समयमा पानी खुवाए पश्चात् अचानक काम्न शुरु गरेपछि सवै पशु मरेकाछन् । गोठमा रहेका एक ब्याउने भैसी,एक ठूलो गाई,तीन माउ बख्रा र दुई खसि एक घण्टा भित्रमा मरेको स्थानीय दिपक खड्काले बताउनुभएको छ । पानी खाएपछि पशुको सवै पशुको पेट फुलेको र फिज काट्दै मृत्यु भएको थियो । घटनाको बिषयमा अनुसन्धान भइरहेक...

चितवनमा सवारी लाइसेन्स वितरणको सेवा सुरु,आजदेखि अनलाइन आवेदन खुल्ला

चितवनमा सवारी लाइसेन्स वितरणको सेवा सुरु,आजदेखि अनलाइन आवेदन खुल्ला
चितवन–यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट हाउस भवनमा सरेको यातायात कार्यालयले दैनिक ५०० जनाको कोटामा आवेदन खुलाएको हो । अनलाईन आवेदन फारम भरेका सेवाग्राहीको वायोमेट्रिक चैत २६ गतेको लागि राखिएको छ । बायोमेट्रिकमा आँखा परीक्षण गर्ने, फोटो खिच्ने, डिजिटल हस्ताक्षर लिनेलगायतको काम हुन्...

एक्सपर्ट चितवन बन्यो नेपालकै उत्कृष्ट शाखा

एक्सपर्ट चितवन बन्यो नेपालकै उत्कृष्ट शाखा
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखा नेपालमा रहेका शाखाहरु मध्ये वर्ष २०२२ को उत्कृष्ट शाखा घोषित भएको छ । काठमाडौँमा सम्पन्न विशेष कार्यक्रममा एक्सपर्ट चितवनलाई नेपालका विभिन्न शाखाहरु मध्ये उत्कृष्ट शाखाको अवार्डं प्रदान गरिएको हो । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको को–फाउण्डर संजीव शर्माले उक्त अवार्ड चितवनलाई प्रदान गरेका थिए । चितवनका निर्देशक डिल्लीराम अधिकारी, किरण पौडेल, कल्पना श्रेष्ठ, प्रचण्ड हमाल र मिना तिमिल्सीनामाले उक्त अवार्ड ग्रहण गरेका ...

गोकुलले भने–भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु, उपनिर्वाचनमा विना वैशाखी उठेर देखाउनु

गोकुलले भने–भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु, उपनिर्वाचनमा विना वैशाखी उठेर देखाउनु
चितवन–नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटा मिसन ग्रासरुट अभियानका क्रममा यतिबेला भरतपुरमा छन् । बास्कोटाको गृह जिल्ला काभ्रे पुगेकी कांग्रेस नेतृ आरजु राणा देउवाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिइन्। सामाजिक सञ्जालमार्फत बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन आरजुलाई चुनौती दिए । आरजुको टिप्पणीमा बास्कोटाले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिए ।भरतपुरबाटै कांग्रेसको द...

चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांँचजना घाईते

चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांँचजना घाईते
चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १४ किलो भन्ने स्थानमा ट्रकले ठक्कर दिंँदा कारमा सवार पांँचजना घाईते भएका छन् । एक जनाको अवस्था गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ । शनिबार राती ८ बजे नारायणढबाट मुग्लिनतर्फ गईरहेको लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोक्ने ट्रकले विपरित दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई ठक्कर दिंँदा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा कार चालक सिन्धुपाल्चोक बोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी...

चितवनका १२५ पत्रकारको आँखा परीक्षण, धेरैजसाेमा दृष्टिदोषको समस्या

चितवनका १२५ पत्रकारको आँखा परीक्षण, धेरैजसाेमा दृष्टिदोषको समस्या
चितवन । चितवनका १२५ जना पत्रकारहरुको आँखा परीक्षण गरिएको छ ।नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको सन्दर्भमा गरिएको आँखा शिविरमा भरतपुर आँखा अस्पतालमा पत्रकारहरुको आँखा परीक्षण गरिएको हो । आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकाँश पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको बताए । मोबाइल, ल्यापटप, कम्प्युटरमा बढी काम गर्नुपर्ने भएकाले आँखाको दृष्टि कमजोर बन्न लागेको पाइएको बताए । कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन नसक्ने समस्यालाई दृष्टि दोषको समस्य...

भरतपुरकी आरती जापानमा बेपत्ता ,सहयोगको अपिल

भरतपुरकी आरती जापानमा बेपत्ता ,सहयोगको अपिल
कविकिरण न्याैपाने  ओसाका – जापानको ओसाकामा बस्दै आएकी आरती खनाल सम्पर्कविहीन भएकी छन् । साथीलाई ‘जाइरो कार्ड’ बनाउन जान्छु भनेर कोठाबाट निस्केकी उनी सम्पर्कविहीन भएकी हुन् । १० महिना अगाडि विद्यार्थी भिसामा आएकी चितवनको भरतपुर महानगरपालिका-१२ स्थायी घर भएकी २२ वर्षीया आरतीको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन् । उनी जापानको ओसाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १-३-२ मा बस्दै आएकी बताइएको छ । उनका बुवा देवराज खनाल...

चितवनकी १५ वर्षीया विद्यार्थीलाई यौन शोषण गरेकाे अभियाेगमा शिक्षक जेल चलान

चितवनकी १५ वर्षीया विद्यार्थीलाई यौन शोषण गरेकाे अभियाेगमा शिक्षक जेल चलान
चितवन ।आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्।चितवनको भरतपुरकी १५ वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो। भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ वर्षको उमेरमा नर्सिङको तयारी कक्षा पढ्न गएकी बालिका शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन ...