चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखा नेपालमा रहेका शाखाहरु मध्ये वर्ष २०२२ को उत्कृष्ट शाखा घोषित भएको छ । काठमाडौँमा सम्पन्न विशेष कार्यक्रममा एक्सपर्ट चितवनलाई नेपालका विभिन्न शाखाहरु मध्ये उत्कृष्ट शाखाको अवार्डं प्रदान गरिएको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको को–फाउण्डर संजीव शर्माले उक्त अवार्ड चितवनलाई प्रदान गरेका थिए । चितवनका निर्देशक डिल्लीराम अधिकारी, किरण पौडेल, कल्पना श्रेष्ठ, प्रचण्ड हमाल र मिना तिमिल्सीनामाले उक्त अवार्ड ग्रहण गरेका थिए ।एक्सपर्टको मुख्य कार्यालय अष्ट्रेलियामा रहेको छ भने नेपालका पूर्वदेखि पश्चिम सम्ममा जिल्ला शाखाहरु रहेका छन् ।

एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्यूजील्याण्ड जानका लागि परामर्श दिँदै आइरहेको छ । चितवनमा एक्सपर्टको दुई शाखा रहेका छन् । भरतपुरस्थित होटेल रोयल सेन्चुरीको पछाडी आफ्नै भवनबाट एक्सपर्टले सेवा दिइरहेको छ भने पूर्वीचितवनको बकुलहर चोकबाट एक्सपर्ट परामर्श दिँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया