
चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर ९ दोगारामा एक जना कृषकको घरमा पालिएका सवै पशु एक घण्टाको अवधीमा मरेकाछन् । स्थानीय कृषक सिताराम थापाको घरमा पालिएका पशुलाई अपरान्ह ३ बजेको समयमा पानी खुवाए पश्चात् अचानक काम्न शुरु गरेपछि सवै पशु मरेकाछन् ।
गोठमा रहेका एक ब्याउने भैसी,एक ठूलो गाई,तीन माउ बख्रा र दुई खसि एक घण्टा भित्रमा मरेको स्थानीय दिपक खड्काले बताउनुभएको छ । पानी खाएपछि पशुको सवै पशुको पेट फुलेको र फिज काट्दै मृत्यु भएको थियो ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको बताइएको छ ।कालिका नगरपालिकाका पशुसेवा शाखाका प्रमुख ईश्वरी प्रसाद पाैडेलले पाेईजनिङ्गका कारण पशुहरु मरेकाे हनुसक्ने बताउनुभयाे । के-कारणले पशुहरु मरेका हुन् भन्ने बारेमा ल्यावटेष्ट गरेपछि मात्रै पत्ता लाग्ने उज्यालाे खबरलाई बताउनु भयाे ।
तस्बिर : दिपक खड्का