इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः लखनउ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात
चितवन–चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउँ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा लखनउँले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
लखनउँले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान दिपेश ...


