टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
काठमाडौं- तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ।बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल खेल्न बाँकी छदा १५१ रनमा अलआउट भयो।
नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए।
लगातार विकेट गुमाएको नेपालका ओपनर लोशेक बमले गुणाकेश मोतीबाट बोल्ड हुनुअघि २९ बलमा १ चौका २ छक्काको मद्दतमा २८ रन जोडे। कुशल मल्लले...


