तिहार बिदामा बैंकहरु नखुल्ने
काठमाडौं । वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने जानकारी दिए । ‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण...


