×

आर्थिक

सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो

सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो
चितवन । सिभिल बैंक लिमिटेडले सबै नेपालीकालागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियमबचत खाताू सञ्चालनमा ल्याएको छ ।बैंकले बचत खातामा वार्षिक ६ प्रतिशतब्याजदर प्रदानगर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाताखोल्दा बैंकले ग्राहकहरुकालागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनिप्रदानगर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमापनि ८.७५ प्रतिशतको सर्वाधिकब्याजदर प्रदा नगर्दै आईरहेको छ । विद्यमान क...

पेट्रोलको मूल्य फेरी बढ्यो

पेट्रोलको मूल्य फेरी बढ्यो
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ ।नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।१ सेप्टेम्बर मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने
काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरिएको थियो ।ग्र...

कोरोना संक्रमणको कारण बैंकिङ सेवा पनि प्रभावित

कोरोना संक्रमणको कारण  बैंकिङ सेवा पनि  प्रभावित
काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् । वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् । तर वाणिज्य बैंकहरुले जस्तै सेवा दिन भने सकेका छैनन् । विशेष गरेर काठमाडौं उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेर मोफसलमा सेवा दिइरहेका विकास ...

‘नो अब्जेक्सन लेटर’ सुचारु, शैक्षिक परामर्श व्यवसायीद्वारा स्वागत

‘नो अब्जेक्सन लेटर’  सुचारु, शैक्षिक परामर्श व्यवसायीद्वारा स्वागत
काठमाडौं । गत फागुनदेखि रोकिएको ‘नो अब्जेक्सन लेटर’ (अध्ययन अनुमति पत्र) सरकारले पुनः सुचारु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले गरेको नो अब्जेक्सन लेटर सुचारु गर्ने निर्णयलाई शैक्षिक परामर्श दातृ व्यवसायीहरुले स्वागत गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुले नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्छ । नो अब्जेक्सन लेटरको चाहना राख्ने विद्यार्थीहरु प्रशस्त रहेको सन्दर्भमा सरकारको यो निर्णय स्वागत योग्य रहेको इक्यानका अध्यक्ष प्रकाश पाण...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा ...

ग्रीन डेभलपमेण्ट बैंक स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश

ग्रीन डेभलपमेण्ट बैंक स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश
भाद्र ९ ,पोखरा । कास्की जिल्लाको  पोखरा स्थित सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले आफ्नो स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय न्युरोड पोखरा परिसरमा रक्तदान कार्यक्रम भएको छ । उक्त अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम र यसले निम्त्याएको विषम प...

बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद

बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद
बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले रकम बरामद गरेको हो । शनिबार बिहान ८ बजे बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । सोही क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो रंगको झोला फाली फरार भएका थिए । झोला नियन्त्रणमा लिएर हेर्दा नेपाली १ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजा...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...