रमाउनका लागि एकपटक पुग्नै पर्ने कोसपा विच रिसोर्ट !
नवलपुर । बिदामा घुम्न र रम्न चाहने युवापुस्तामा अहिले एउटा नारा निकै चर्चित छ “पहिले देश अनि मात्र बिदेश” ।खासगरी नयाँ ठाउँ घुम्न रुचाउने युवापुस्ताले अहिले देश भित्रकै नयाँ पर्यटकिय गन्तब्यको खोजी गर्ने क्रम बढ्दो छ । नयाँ बर्ष,दशै तिहार लगाएतका पर्व होस वा अन्य बिदाको समयमा युवा पुस्ता देश भित्रका पर्यटकिय स्थानहरुमा रम्न पुग्ने गरेका छन ।
जब बिदा हुन्छ तब उनिहरु नयाँ ठाउँको खोजिमा रहन्छन । पछिल्लो समय पर्यटकिय स्थलको खोजी गर्नेहरुका लागि उदयपुर जिल्लाको कोशी किनारमा रहे...


