काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारलाई जनताले गरेको विश्वासकै पुँजीबजारमा सुधार आएको बताएका छन्।प्रतिनिधिसभा बैठकले विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘पुँजीबजारमा पछिल्लो समय आएको बढोत्तरीले सरकारप्रति जनताको विश्वास जागेको मान्न सकिन्छ’, उनले भने।
नवगठित मन्त्रिपरिषदको पहिलो बैठक र सरकारको नीति तथा कार्यक्रममा पनि पुँजीबजारलाई प्राथमिकतामा राखिएको छ।प्रधानमन्त्री दाहालले देश अहिले पनि कुनै न कुनै रुपमा संकटमा रहेको पनि बताए। ‘साना संकटको समयमै समाधान नखोजे ठूलो संकट आउन सक्छ’, उनले भने।
दाहालले आफूले निषेध, अपमान र प्रतिशोधको राजनीति नगरी सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको पनि बताए।