सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि गत जेठ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो।अघिल्लो दिन अर्थात् बुधबार तोलामा छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनाम...


