गैँडाकोटको उदाहरणीय दुग्ध सहकारी : आफ्नै दाना उद्योग, वार्षिक ४० करोडको दूध कारोबार
गैँडाकाेट। विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएसएलआईपी)अन्तर्गत सञ्चालित उपआयोजना सञ्चालन गरिरहेको एक सहकारी उदाहरणीय बनेको छ । आयोजनाको गण्डकी कलस्टरअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा मुकुन्द सेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उपआयोजना हो, मुकुन्दसेन दाना उद्योग । यो उपआयोजनाले हाल दैनिक १२ टन दाना उत्पादन गरिरहेको छ ।
दैनिक २४ टन दाना उत्पादन क्षमता भएको उद्योगले दैनिक १२ टन दाना उत्पादन गरिरहे...


