मौलाकाली केवलकार परिसरमा एटिएम सेवा शुभारम्भ
गैंडाकोट । मौलाकाली केवलकार परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा शुभारम्भ भएको छ । बिहिवार एक समारोहका बीच केवलकार परिसरमा एटिएम सेवाको उद्घाटन गरिएको हो ।
गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी र मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले संयुक्त रुपमा पानसमा दियो बाली एटिएम सेवाको उद्घाटन गर्नुभएको हो । केवलकारका स्टेशन मेनेजर पौडेलले नेपालको नम्बर वन बैंक बन्न सफल ग्लोबल आइएमई बैंकले आफ्नो परिसरमा एटिएम सेवा शुरु गरेकोमा यसबाट धेरै सेवाग्रा...


