होटल बराही काठमाडौँलाई टफ्ट टाइगरद्वारा इको फुटप्रिन्ट प्रमाणपत्र
काठमाडौँ । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास) मा उत्कृष्टता हासिल गर्ने ‘होटल बाराही काठमाडौँ’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।
टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी दिन राजधानीमा आज आयोजना गरिएको कार्यक्रममा बाराही होटलका महाप्रबन्धक रोशन सापकोटा उक्त जानकारी दिए ।
विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मक...


