पाथिभरा केबलकार विवाद- शान्तिपूर्ण समाधानका लागि सरकारको कूटनीतिक पहल
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित समस्या र विवाद समाधानका लागि वार्ता र संवादको माध्यमबाट सहमति कायम गर्न सरकारी स्तरबाट पहल भइरहेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच मिति २०८१ माघ २२ गते भएको ६ बुँदे सहमतिपछि समस्या समाधानका विषयमा थप छलफल अघि बढाइएको छ।
यसै सिलसिलामा माघ २७ गते सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच गम्भीर छलफल सम्पन्न भएको छ। वार्ता टोलीले आन्दोलनरत पक्षल...


