×

आर्थिक

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
  काठमाडौं- थापाथलीमा मंगलबार बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ।यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। यसपटक भने समस्या समाधान छिटो गरिएको छ।बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको ह...

वर्ल्डलिंकले सेवा नविकरण गर्ने १० जनालाई आइफोन १६ उपहार दिने

वर्ल्डलिंकले सेवा नविकरण गर्ने १० जनालाई आइफोन १६ उपहार दिने
काठमाडमौं–दुरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नयाा सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा आदारणीय ग्राहक महानुभावहरुको अतुलनीय योगदा...

कुलमानको कार्यसम्पादन मूल्यांकन नै हुन नसक्ने, पाए शून्य अंक

कुलमानको कार्यसम्पादन मूल्यांकन नै हुन नसक्ने, पाए शून्य अंक
काठमाडौं । सरकारसँग गरेको कार्यसम्पादन सम्झौता अनुरुपको म्याद गुज्रेपछि विवरण बुझाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन नै हुन नसक्ने निर्णय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ । घिसिङसँग ५ माघ २०७८ मा भएको कार्यसम्पादन सम्झौतामा भदौ २०८१ भित्र आर्थिक वर्ष २०८०र८१ को कार्यसम्पादन मूल्यांकन भइसक्नुपर्ने व्यवस्था छ । तर, घिसिङले कार्यसम्पादन मूल्यांकनका लागि सो अवधिमा आफ्नो कामको विवरण नै बुझाएका थिएनन् । त्यसपछि ऊर...

सेयर बजारमा उच्च वृद्धि, सवा १४ अर्बको कारोबार

सेयर बजारमा उच्च वृद्धि, सवा १४ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ ।अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक (२.६७ प्रतिशत) बढेर २८९० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९...

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस ...

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड
काठमाडौं- नेपाली बजारमा आज  सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ । यो हाल सम्मकै उच्च मूल्य हो । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै सोमबार भने प्रतितोला एक लाख ७० हजार आठ सय रूपैया...

सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँमा कारोबार

सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँमा कारोबार
काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार १ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

देवघाट महामहोत्सव: २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च

देवघाट महामहोत्सव: २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च
  देवघाट- गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक संकलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैँया खर्च भएको छ ।  महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ । महा–महोत्सवमा देवघाट दिव्यधाम शिलान्यास कार्यकोलागि ८ करोड १७ लाख ५३ हजार ८५१, साधारण दान ५ करोड ८४ लाख ७८ हजार ८८६, आश्रम तथा मन्दिरको लागि भुमिदान शुल्क स्व...

ग्लोबल आइएमई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
  काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाको २३ लाख ८१ हजार ७३७ कित्ता शेयर सूचीकृत भएको हो ।उक्त सूचीकृत शेयर सम्बन्धित सेयर धनीको हित ग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने नेप्सेले ...