गैँडाकोटमा तीव्र बजार अनुगमन, म्याद गुज्रीएका थुप्रै सामान बरामद
नविन नेपाल
गैँडाकोट - पूर्वी नवलरासीको गैँडाकोट नगरपालिकाले २ दिनमै १२० वटा व्यवसायिक फर्महरुमा बजार अनुगमन गरेको छ । सोमबार र मंगलबार २ दिनको अवधिमा १२० वटा व्यवसायिक पर्महरुमा अनुगमन गरिएको हो ।गैँडाकोट नगरपालिकाका विभिन्न वडाहरुमा सोमबारदेखि सुरु गरिएको बजार अनुगमन बुधबार पनि सञ्चालन हुने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।
सोमबार ३५ र मंगलबार ८५ वटा व्यवसायिक फर्महरुमा गरिएको बजार अनुगमनबाट थुप्रै म्याद गुज्रिएका सामानहरु बरामद ...


