×

 

काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो ।

यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया