
गैँडाकोट – नवलपुरको गैँडाकोट २ मा रहेको डाँडाकालिका बचत तथा ऋण सहकारी संस्थाकोे चौधौ बार्षिक साधारणसभा तथा पाँचौँ अधिबेशनले राधा थापाको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा इन्द्रबहादुर थापा, सचिवमा संगिता रानाभाट, कोषाध्यक्षमा टंक बहादुर थापा, सदस्यहरुमा शेर बबहादुर थापा, विना आले, रामचन्द्र सापकोटा, मनमाया थापा, इन्द्र थापा मगर, अमृता दर्लामी, रामप्रसाद थापा सर्वसम्मत चयन हुनुभएको छ ।यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा शिव बहादुर पुन र सदस्यहरुमा कविता आले र डम्मर बहादुर थापा चयन हुनुभएको छ ।
डाँडाकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव बहादुर पुनको अध्यक्षता तथा नेफ्स्कुनका लेखा तथा सुपरिवेक्षण समितीका लेखा संयोजक इन्द्रराज ज्योती पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनशत्रमा गैंडाकोट वडा नं २ का वडा अध्यक्ष प्रकाश सापकोटा, गैंडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम, जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, महिला सशक्तिकरणका उपसमितीहरु, शिक्षा उपसमिती, ऋण असुली उपसमिती सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
डाँडाकालिका साकोसमा हाल शेयर पूँजी ८३ लाख ७२ हजार ७ सय रहेको छ । त्यस्तै जगेडा कोष ३६ लाख १५ हजार ८ सय ७८ रहेको छ ।