×

राजनीति

राष्ट्रपतिद्धारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपतिद्धारा नागरिकता विधेयक  फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । हेर्नुस् विज्ञप्ति

बालुवाटारमा सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं ।  सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ।बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले  बताए।कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए। कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ।यो कार्यदलले टुंगो लगाउ...

महङ्गी र भ्रष्टाचारको विरोधमा नवलपुरमा एमालेकाे चर्काे प्रदर्शन

महङ्गी र भ्रष्टाचारको विरोधमा नवलपुरमा एमालेकाे चर्काे प्रदर्शन
कावासोती । एमाले नवलपुरले महङ्गी र भ्रष्टाचारको विरोधमा कावासोतीमा आज बृहत जनप्रदर्शन गरेको छ। सरकारले महङ्गी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमाले नवलपुरका जनसंगठनहरुको संयुक्त आयोजनामा बुधबार जनप्रदर्शन गरिएको हो । वर्तमान गठबन्धन सरकारको गलत कामविरुद्ध खबरदारीका लागि एमालेका जनसंगठनहरुले जनप्रदर्शन गरेका एमाले नवलपुरले जनाएको छ । जनप्रदर्शन एमाले नवलपुर पार्टी कार्यालयबाट सुरु भएर फिल्महल चोक, सभापती चोक, इन्द्रचोक, थानाचोक, बिपि चोक हुँदै फलफुलचोकमा पुगेर कोणसभा...

गैँडाकाेटमा प्रशिक्षण दिँदै एमाले नेताहरुले भने : मंसिरकाे चुनाव जित्नेगरी तयारी थाल्नुस

गैँडाकाेटमा प्रशिक्षण दिँदै एमाले नेताहरुले भने  : मंसिरकाे चुनाव जित्नेगरी तयारी थाल्नुस
गैंडाकोट।  स्थानीय निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको गैडाकोट एमालेले आगामी मंसिर ४ को निर्वाचन आफ्नो पक्षमा पार्न गतिविधिहरू तिब्र बनाएको छ ।  एमालेले सोमबार नगरस्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । नगरका अगुवा कार्यकर्ताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा सक्रिय बनाउन एमालेका केन्द्रीय, क्षेत्रिय र जिल्लास्तरीय नेताहरुले प्रशिक्षण दिएका छन् । सोमबार गैंडाकोलको द फेमिली क्याफेमा आयोजित एक भेलामा पार्टीका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं २ का सांसद तिलक म...

बिहान पनि खाेल्न माग गर्दै वीरेन्द्र  क्याम्पसको पुस्तकालयमा तालाबन्दी 

बिहान पनि खाेल्न माग गर्दै वीरेन्द्र  क्याम्पसको पुस्तकालयमा तालाबन्दी 
चितवन । वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरिएको छ । बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आज आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका हुन् ।पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको हो । बिबिएस, बिएड, विज्ञान संकायका केही सेमेष्टर लगायतका विविधि संकायहरु बिहानमा पढाइ हुने गर्छन् । तर पुस्तकालय १० बजेदेखि खोल्दा बिहानमा पढाइ हुने संकायका विद्यार्थीहरु मर्कामा परेका छन् । व...

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ता आजदेखि

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ता आजदेखि
काठमाण्डौ - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ ।सरकारले मङ्सिर ४ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिनुभयो । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पद...

ओलीले भने: एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्दैमा देशको उन्नति हुँदैन

ओलीले भने: एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्दैमा देशको उन्नति हुँदैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् ।एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए ।‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ ओलीले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ? सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो...

महंगी र भ्रष्टाचारकाे विराेध गर्दै चितवनमा राप्रपाको प्रदर्शन (फोटो सहित )

महंगी र भ्रष्टाचारकाे विराेध गर्दै चितवनमा राप्रपाको प्रदर्शन (फोटो सहित )
चितवन। महंगी र भ्रष्टाचारकाे विराेध गर्दै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चितवनमा प्रदर्शन गरेको छ ।बुधबार दिउँसो भरतपुरकाे रिजालचाेदेखि चौविसकाेठी सम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेकाे राप्रपा भरतपुर महानगरका सचिव शुलभ सिग्देलले जानकारी दिए । प्रदर्शनकाे नेतृत्व पार्टिका केन्द्रीय सदस्य सिमा घतान, जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतले  गरेका थिए । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित क...

हातमा दही जमाएर बस्दैनौं : नेत्रविक्रम चन्द “विप्लव”

हातमा दही जमाएर बस्दैनौं :  नेत्रविक्रम चन्द “विप्लव”
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ । ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको वि...