×

राजनीति

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या
काठमाडौं । तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा आज बिहान एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका श्रीमान,श्रीमती र दुई छोराछोरी गरी चार जनाको मुत्यु भएको हो ।मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको रहेका छन् । प्रहरीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थ...

महँगीविरुद्ध काठमाडौंमा आज ‘विशाल’ जनप्रदर्शन गर्दै एमाले

महँगीविरुद्ध काठमाडौंमा आज ‘विशाल’ जनप्रदर्शन गर्दै एमाले
काठमाडौं । नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै छन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ । जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्...

प्राध्यापक,सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न त्रिवि सेवा आयोगलाई अनेरास्ववियुकाे माग

प्राध्यापक,सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न  त्रिवि सेवा आयोगलाई अनेरास्ववियुकाे माग
काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न माग गरेको छ।सेवा आयोगले अन्तर्वार्ता सुरू गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि गरेको अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले बताए। त्रिवि सेवा आयोगले आइतबारदेखि अन्तर्वार्ता सुरू गर्ने भनेको थियो।निर्धारित अन्तर्वार्ता तुरून्त सुरू गर्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो। नेविसंघले भने त्रिवि से...

जनार्दन शर्मालाई फेरि अर्थ मन्त्रालय नपठाऊ

जनार्दन शर्मालाई फेरि अर्थ मन्त्रालय नपठाऊ
जनार्दन शर्माप्रति बजेट वक्तव्य र करका दर हेरफेरसँग तत्काल जोडिएका प्रश्न करिब–करिब सकिएका छन्, तर नैतिक प्रश्न सुरु भएका छन् ।संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्माबाट कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि हुन नसकेको निष्कर्ष दियो । यो निष्कर्षलाई कतिपयले शर्मालाई चोख्याएको अर्थमा बुझेका छन् । तर, यसका दुइटा आयाम छन् । पहिलो, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनी संचारमाध्यममा सार्वजनिक भएसँगै त्यस रातिको सीसीटिभी फुटेज खोजी भएको थियो । तर,...

प्रेस युनियनको महाधिवेशन आज, प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

प्रेस युनियनको महाधिवेशन आज, प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै
काठमाडौँ।  नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडा हुँदैछ। महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‌घाटन गर्ने छन्। करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो। महाधिवेशनमा पदाधिकारीका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारी घोषणा गरिसकेका छ। संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धिताल...

विप्लवसहितको ‘वाम गठबन्धन’ले आज सङ्घर्षको कार्यक्रम घोषणा गर्दै

विप्लवसहितको ‘वाम गठबन्धन’ले आज सङ्घर्षको कार्यक्रम घोषणा गर्दै
काठमाडौँ । विप्लव नेतृत्वको नेकपासहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपराह्न बस्ने बैठकले आगामी सङ्घर्षका कार्यक्रम र कार्यगत एकतालाई अरू व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरूले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो । गठबन्धन गर्ने वामपन्थी दलहरूमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, ऋषि कट्टेल नेतृत्वको न...

गठबन्धनमा मात्रै भर नपर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

गठबन्धनमा मात्रै भर नपर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन
काठमाडौं। एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको शक्तिमा मात्रै आश्रित नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्।स्थानीय तह निर्वाचनमा समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार राजधानीमा प्रशिक्षण दिँदै अध्यक्ष नेपालले गठबन्धनको शक्तिमा मात्रै निर्भर नहुन निर्देशन दिएका हुन्। आफ्नो भन्दा अरूको शक्तिमा भरपर्दा कमजोर भइने नेपालको भनाई छ। ‘गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दोरहेछ,’ उनले भने, ‘अरूको भरमा बाँच्ने मान्छेले केही ग...

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता
दमौली । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो । एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् । मतदाता नामावली दर्ताका लागि सर्वसा...

नेपाल प्रेस युनियनको अध्यक्षमा दिपक आचार्य बलियो

नेपाल प्रेस युनियनको अध्यक्षमा दिपक आचार्य बलियो
काठमाडौं । नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पत्रकार दिपक आचार्यले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले चितवनबाट उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । आचार्यको गृहजिल्ला चितवन भएपनि उनि केन्द्रमा सक्रिय रहँदै आएका छन् । आठौं महाधिवेशनमा उनि बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । पत्रकारहरुको हकहीतमा अहिलेसम्म काम गर्दै आएकोले अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चाहना रहेको उनले बताउँदै आएका छन् । आचार्य युनियनका देशभर रहेका जिल्ला शाखामा महाधिवेशन गर्न सबैभन्दा सक्र...