×

चितवन। महंगी र भ्रष्टाचारकाे विराेध गर्दै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चितवनमा प्रदर्शन गरेको छ ।बुधबार दिउँसो भरतपुरकाे रिजालचाेदेखि चौविसकाेठी सम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेकाे राप्रपा भरतपुर महानगरका सचिव शुलभ सिग्देलले जानकारी दिए । प्रदर्शनकाे नेतृत्व पार्टिका केन्द्रीय सदस्य सिमा घतान, जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतले  गरेका थिए ।

उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन गरेको हो ।

तपाईको प्रतिक्रिया