×

गैंडाकोट।  स्थानीय निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको गैडाकोट एमालेले आगामी मंसिर ४ को निर्वाचन आफ्नो पक्षमा पार्न गतिविधिहरू तिब्र बनाएको छ ।  एमालेले सोमबार नगरस्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । नगरका अगुवा कार्यकर्ताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा सक्रिय बनाउन एमालेका केन्द्रीय, क्षेत्रिय र जिल्लास्तरीय नेताहरुले प्रशिक्षण दिएका छन् ।

सोमबार गैंडाकोलको द फेमिली क्याफेमा आयोजित एक भेलामा पार्टीका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं २ का सांसद तिलक महत, केन्द्रीय सदस्य रविन्द्र अधिकारी, संविधानसभा सदस्य कृष्ण पौडेल, केन्द्रीय लेखा आयोग सदस्य पदमा जिसी र नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले प्रशिक्षण दिनुभएको छ ।

नवलपुरमा पार्टीकाे समग्र गतिविधि र आगामी रणनीतिका वारेमा वोल्दै केन्द्रीय सदस्य एवं सांसद तिलक महतले जिल्लाका ६ वटा पालिकाहरु जितेर पनि गैंडाकोट गुमाउनु पर्दा खुसी हुन नसकेको बताउनुभयो ।  विगतमा काँग्रेसको गढ भत्काएर एमालेले जितेको गैंडाकोट यसपटक गुमाउनुपर्दा आँफू दुःखी भएको सांसद महतको भनाई थियो ।

प्रशिक्षणमा केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले स्थानिय तह निर्वाचन, पार्टी अनुशासन, र जनबर्गिय संगठनहरुको भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो भने संविधानसभा सदस्य कृष्ण पौडेलले नेकपाको इतिहास तथा कार्यदिशाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी लेखा आयोग सदस्य पद्मा जिसीले राजनीतिमा महिलाहरुको भूमिकाका विषयमा वोल्नुभएको थियो प्रशिक्षण भेलामा पार्टीका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जनताको बहुदलीय जनबाद तथा समाजवादको आधारका विषयमा प्रशिक्षण दिनुभएको थियो । नगर अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष नवराज कडेलले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया