तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् ।बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूहबीच भएको एकता घोषणा कार्यक्रममा उनले भने, ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ ।’
राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए । मिश्र अध्य...


