×

राजनीति

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)
काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए । ‘अहिले जसले टिकट पाउनेगरी सिट संख्या बाँडिएको छ, त्यो अब चलाइँदैन’, खतिवडाले भने । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट...

कांग्रेसले १० निर्वाचन क्षेत्रमा लगायो टिकटको टुंगो

कांग्रेसले १० निर्वाचन क्षेत्रमा लगायो टिकटको टुंगो
काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छान्न थालेको छ। कांग्रेसले अहिलेसम्म संघीय संसद र प्रदेशसभाको प्रत्यक्षतर्फ १० ठाउँमा टिकटको टुंगो लगाएको छ।गएराति बसेको संसदीय बोर्डको बैठकले केही ठाउँमा प्रत्यक्ष उम्मेदवारलाई टिकटको टुंगो लगाएको एक नेताले बताए। उक्त बैठकले डडेल्धुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम-२ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ र तेह...

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा
काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् । सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र ...

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा)  अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक नेताका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ । सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र या...

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ ।संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ । यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनी...

कांग्रेस र माओवादी नेतालाई प्रचण्डले भनेः यसपटक अन्तै निर्वाचन लड्न सक्छु

कांग्रेस र माओवादी नेतालाई प्रचण्डले भनेः यसपटक अन्तै निर्वाचन लड्न सक्छु
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई केही गोरखाका नेता र जनप्रतिनिधिहरूले भेटेर गोरखा–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन् । चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मिहिनेत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने उनीहरूको तर्क छ । ’चितवनको अवस्था के छ थाहा छैन तर गोरखा आउने हो भने मनोनयनपत्र दर्ता गरे पुग्छ, हामी जिताएर पठाउँछौं,’ गोरखाका प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रचण्डनिकट स्रोतले भन्यो, ’अध्यक्ष रोल्पा, काठमाड...

गठबन्धनको निर्णायक बैठक बस्दै, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी

गठबन्धनको निर्णायक बैठक बस्दै, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी
काठमान्डौ । सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ ।आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ ।हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको थियो । आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको एक नेताले बताए । गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आजै सहमति गरि हस्ताक्षर हुन सक्ने बताइन् ।‘आज सहमति हुन...

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ ।मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ । प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सू...

एमालेका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

एमालेका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए । ‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’, ती पदाधिकारीले भने । उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो । ६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे...