×

राजनीति

रविलाई पार्टी सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

रविलाई पार्टी सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं–रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगका उजुरी परेको छ। नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराएका हुन्। उनको उजुरीमा विदेशी नागरिक वा गैरनेपाली नागरिकले उम्मेद्‌वार हुन, मतदान गर्न र राजनीतिक दल खोल्न कानुनले प्रतिबन्ध लगाएको दाबी गरिएको छ। ‘रवि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन् सो गम्भीर छन्। अनागरिक, गैरनागरिक वा विदेशी नागरिकका हातमा मुलु...

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित
काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् । यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा...

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव  गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् ।आइतबारको पदाधिकारी बैठकपछि संवाददाताहरुसँग बोल्दै उनले सरकार गठनका लागि मा सत्तारुढ गठबन्धनको विकल्प नखोजेको बताए । ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भइहाल्यो’ उनले भने । सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएको भन्दै महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण नभएको बताए । ‘गठबन्धनमा विमति...

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलील...

दोलखा अपडेट : एमालेका शिवाकोटीले लिए अग्रता

दोलखा अपडेट : एमालेका शिवाकोटीले लिए अग्रता
दोलखा । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् । आज बिहानको मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा १४ सयभन्दा बढी मत अन्तरले पछि छन् । शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत पाएका छन् । यसअघि मतगणना सुरु भएदेखि माओवादी केन्द्रका कार्कीले अग्रता लिएका थिए । मंसिर ४ गतेको निर्वाचनमा दोलखामा धाँधली भएको ठहर गर्दै निर्वाचन...

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने
काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ ।निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र...

सुकुम्बासी बस्तीका बासिन्दाद्धारा काठमाडौं महानगर घेराउ

सुकुम्बासी बस्तीका बासिन्दाद्धारा काठमाडौं महानगर घेराउ
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६...

समानुपातिकमा एमालेले कटायो २५ लाख मत, कसले कति ल्याए ?

समानुपातिकमा एमालेले कटायो २५ लाख मत, कसले कति ल्याए ?
काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले २५ लाख ७ हजार ४०३ मत प्राप्त गरेको छ।त्यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८ सय ८५ मत प्राप्त गरेको छ। चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले ३ लाख ५१ हजार २ सय ६० मत प...

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल
काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिन...