×

राजनीति

माओवादी पदाधिकारी बैठक बस्‍दै, यी विषयमा हुँदैछ छलफल

माओवादी पदाधिकारी बैठक बस्‍दै, यी विषयमा हुँदैछ छलफल
काठमाडौँ- नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको ...

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी...

बुधवारसम्म संसदीय दलको नेता चयन हुन्छ : गगन थापा

बुधवारसम्म संसदीय दलको नेता चयन हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले मङ्गलवार या बुधवारसम्म संसदीय दलको नेता चयन हुने दाबी गरेका छन्।थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा भोलि ३ बजे काँग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको भोलि नै निर्वाचन समिति बन्ने बताए। काँग्रेस नेता शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त काँग्रेसभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन्। प्रमुख दल काँग्रेसभित्र संसदीय दलको नेताका ल...

प्रधानमन्त्री बन्ने कसरमा देउवा र दाहाल

प्रधानमन्त्री बन्ने कसरमा देउवा र दाहाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गरेको स्रोतले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बनाउन र पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेका छन् । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभाम...

आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने

आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी दिए। प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती पुगेका छन्। गण्डकीमा आयुक्त इश्वरीप्...

निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइने

निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान अनुसार आज प्रतिवेदन पेस गर्न लागिएको जानकारी दिए । यसैगरी प्रदेशको हकमा पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचन...

माओवादीमा पाको पुस्ताको सरकारमै ध्यान, युवाको चाहना प्रतिपक्ष

माओवादीमा पाको पुस्ताको सरकारमै ध्यान, युवाको चाहना प्रतिपक्ष
काठमाडौं । चुनावी नतिजाको प्रारम्भिक समीक्षा गर्न बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अब नेपाली कांग्रेस वा नेकपा एमाले मध्ये कोसँग मिलेर सरकारमा जाने भन्ने बिषयले प्राथमिकता पायो । निराशापूर्ण चुनावी नतिजाको समीक्षा भने ओझेलमा पर्‍यो । प्रत्यक्षतर्फ निराशाजनक र समानुपातिकमा पनि खस्कदो अवस्थाबारे बैठकमा सघन छलफल हुने ठानिएकोमा पाका नेताहरुले सत्तामै बढ्ता मोह देखाएपछि युवा पुस्ता आफ्नो भविष्य सम्झेर चिन्तित छन् । २१ सदस्यीय माओवादी पदाधिकारीमा अधिकांश पहिलो र...

जर्मनीबाट आशिका तामाङले भनिन् तारा बराललाई ब्रान्डेड जुत्ता किनिदिन्छु

जर्मनीबाट आशिका तामाङले भनिन्  तारा बराललाई ब्रान्डेड जुत्ता किनिदिन्छु
काठमाडौं । अभियन्ता तारा बरालले हिजो सर्वोच्च अदालतमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरालाई छेक्न बसेका वकिलहरुमाथि जुत्ता प्रहार गरिन् । प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गर्दै उनले आफूले लगाएको एउटा जुत्ता फुकालेर वकिलहरुको समूहलाई ताकेर हानेकी थिइन् । आफूले प्रहार गरेको जुत्ता बरालले फिर्ता पाइनन् । पाउन् पनि कसरी, उनलाई प्रहरीले झ्यापझुप पारेर भ्यानमा राखिहाल्यो । उनले हानेको जुत्ता प्रहरीले सर्वोच्चको पर्खालभित्र मिल्काइदिए । एउटा जुत्ता लगाएर बराल प्रहरी चौकी गइन्...

कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार

कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार
विराटनगर ।  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको बताएका छन्।उनले कांग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए।सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए। ‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु,’ गच्छदारले भने।आफू ...