×

राजनीति

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको धम्की

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको धम्की
धनगढी । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताए । उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिएका छन् । ‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका...

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ : ओली

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउट खेल्नेले रेडकार्ड पाउने बताएका छन्।मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गरेका छन्। ‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डो लगायतको उदाहरण दिँदै ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामी...

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन...

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् ।तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे । अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।’ कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा,...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठरआठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता...

निर्मला पन्तको घटना अनुसन्धान प्रगतिबारे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ

निर्मला पन्तको घटना अनुसन्धान प्रगतिबारे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ
काठमाडौं  ।  नेपाल प्रहरीले उपप्रधान तथा गृहमन्त्रीलाई निर्मला पन्त हत्या घटनाको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको छ।शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण क्रममा गृहमन्त्री रवि लामिछानेलाई प्रहरी टोलीले निर्मलाको घटना प्रगतिबारे ब्रिफिङ गरेको हो। प्रहरी महानिरीक्षक,अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकसहितको टोलीले हालसम्म भएका अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको हो।गत सोमबार पदभार ग्रहण गरेसँगै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल ...

सरुवा-बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु : गृहमन्त्री लामिछाने

सरुवा-बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउने प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् । लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् । ‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारब...

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालेको छ।त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो।स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताए।त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनावको मिति तोक्ने सहमति जुटेको छ। त्रिवि क्याम्पसमा २०६५ देखि स्ववियु चुनाव भएको छैन। स...

सातै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

सातै प्रदेशमा नयाँ गठबन्धनको बहुमत
काठमाडौं:  केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। प्रदेश १ : प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन्। सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ। एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ। एमाले र राप्...