प्रतिवेदनमा नाम छुटाएको भन्दै उपसचिवले हाने अधिकृतको गालामा चड्कन
काठमाडौँ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक महिला शाखा अधिकृतमाथि हातपात गरेका छन् । प्रतिवेदनमा नाम छुटाएको भन्दै गैरेले ती महिला अधिकृतको गालामा चट्कन लगाएका हुन् ।तण्डुकारले घटनाबारे बुधबार उपसभामुख इन्दिरा राना मगरलाई जानकारी गराएकी छन् । घटनाबारे थाहा पाएपछि उपसभामुख रानामगरले बिहीवार गैरेलाई उपस्थित गराएर घटनाबारे जानकारी लिने भएकी छन् ।
‘एक झापट हान्नु भएको रहेछ । घटनाबारे महिला कर्मचारीले जानकारी गराउनु भएको छ,’ उपसभामुख रानामगरले भनिन्, ‘बिहीबार पी...


