जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) विशेष रूपान्तरण अभियान अन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताए । “जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उनले भने, ‘‘एक ...


