×

राजनीति

कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ : रेनु दाहाल

कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशको भरतपुरमा उद्घाटन गर्दै उहाँले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको औल्याउनुभयो।प्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पुरा गर्ने र सहजीकरण गर्ने बताउनुभयो ।   ‘कोभिडपछि कृषि क्षेत्रमा पनि असर परेको छ, उहाँले भन्नु...

सीट बाँडफाँट टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी

सीट बाँडफाँट टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् । शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एसलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले बताए ।

राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन गर्दै आयोग

राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन गर्दै आयोग
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै छ।माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो।राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ।जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्...

राष्ट्रियसभामा एमालेलाई पनि सीट दिने गठबन्धनको तयारी

राष्ट्रियसभामा एमालेलाई पनि सीट दिने गठबन्धनको तयारी
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धन र एमालेसँग पनि छलफल गर्ने भएको छ ।तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ।’उनले एमालेलाई कति सीट दिने भन्ने विषयमा नटुंगिएको बताए । गठबन्धनका शीर्ष चार कांग्रेस, माओ...

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौँ । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो । पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् ।बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व...

नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्...

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने
काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आग...

प्रधानमन्त्रीलाई भेट्नुअघि मुख्यमन्त्रीहरूले गरे हेटौंडामा छलफल

प्रधानमन्त्रीलाई भेट्नुअघि मुख्यमन्त्रीहरूले गरे हेटौंडामा छलफल
काठमाडौं । सात प्रदेशका मुख्यमन्त्रीहरू शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा भेला भएर छलफल गरेका छन्।संघीय सरकारले संघीय निजामती, प्रहरी र शिक्षासम्बन्धी कानुन बनाउन ढिलाइ गर्दा काम गर्न गाह्रो भइरहेको भन्दै मुख्यमन्त्रीहरूले छलफल गरेका हुन्।मुख्यमन्त्रीहरूले शनिबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्ने कार्यक्रम छ। अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा उनीहरूले प्रधानमन्त्रीसँग राख्ने मागका सन्दर्भमा केन्द्रित रहेर छलफल गरेका छन्।प्रधानमन्त्री दाहालल...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।