×

राजनीति

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसँग छैन : मुख्यमन्त्री पाण्डे

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसँग छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन आफू तयार रहेको बताएका छन् ।गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठकको अध्यक्षता गर्दै उनले स्थानीय सरकारसँग शासन गर्ने इच्छा आफूलाई नभएको बताए । “मैले सङ्घ सरकारसँग अधिकार मागिरहेको छु, फेरि म तपाईंहरुलाई दिनुपर्ने अधिकारमा शासन गर्ने मनस्थितिमा छैन, म त्यस्तो चाहन्न”, उनले भने । प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन प्रद...

सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस
काठमाडौं । राजनीतिक भागबण्डालाई निरन्तरता दिँदै न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र ४ जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् । त्यस्तै कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस...

भ्रष्टाचार अन्त्यका लागि सार्थक र योजनाबद्ध अभियानमा छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार अन्त्यका लागि सार्थक र योजनाबद्ध अभियानमा छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन् ।‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तर गङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताए । प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । ...

‘प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौं’

‘प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौं’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र सम...

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका...

माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले जानकारी दिए । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको उनले बताए । ‘काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पब...

बिहीबारदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

बिहीबारदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने
काठमाडौं ।  बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात...

रिगल विरूद्धको मुद्दामा आज पनि सुनुवाइ

रिगल विरूद्धको मुद्दामा आज पनि सुनुवाइ
काठमाडौं । योगराज ढकाल (रिगल) को कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।मंगलबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुनेछ। ‍ न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए।बुधबार बाँकी सुनुवाइ हुनेछ । संविधान दिवसका ...

आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग झुक्दिन :ओली

आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग झुक्दिन :ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईँलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्। सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रसाईँलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग नझुक्ने बताए। ‘प्रचण्ड’लाई गएर मैले दुर्गा प्रसाईँलाई गिरफ्तार गरिदिनुपर्‍यो भन...