×

राजनीति

एक पटक सरकारको नेतृत्व गर्ने असाध्यै हुटहुटी छ : विप्लव

एक पटक सरकारको नेतृत्व गर्ने असाध्यै हुटहुटी छ : विप्लव
बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् ।शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित ह...

संघीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल

संघीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा आज  छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छ...

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
  काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ ।बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको छ । आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।

चितवन आएर गगन थापाले भने- कार्यकर्ताहरूले गठबन्धन नगर्न सुझाव दिएका छन्

चितवन आएर गगन थापाले भने- कार्यकर्ताहरूले गठबन्धन नगर्न सुझाव दिएका छन्
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरुले गठबन्धन गलत भएको सुझाव दिएको बताएका छन्।भरतपुरमा नागरिक संबाद कार्यक्रममा बोल्दै थापाले झापाबाट सुरु गरेको कार्यक्रममा पार्टीका कार्यकर्ताले अन्य दलसँग गठबन्धन नगर्न सुझाव दिएको बताए। ‘गठबन्धन गलत भयो, गठबन्दन नगर्नुस नभनेको एउटा पनि कार्यक्रम छैन, झापामा होस्, मधेसमा होस्। यता उता, जता होस्। युवा होस्, वृद्ध होस् सबैले भनेका छन्,’ उनले भने, ‘आम पार्टीका साथीको धारणा यो छ भनेर अब पार्टीको दस्ताबेजमा ल...

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए । ‘सरकारका कामकारबाह र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै नेपाली क...

९ जना अध्यागमन अधिकृतसहित २२ विरुद्ध कीर्ते र सङ्गठित अपराधमा मुद्दा दायर

९ जना अध्यागमन अधिकृतसहित २२ विरुद्ध कीर्ते र सङ्गठित अपराधमा मुद्दा दायर
काठमाडौँ । नौ जना अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्नमध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको थियो । प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल...

अरुण चौधरी र अजितनारायणलाई चार दिन हिरासतमा राख्न अनुमति

अरुण चौधरी र अजितनारायणलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ।जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।दुवैजनालाई सीआईबीले क...

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले भने, “म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु । त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात् गरिएका विषयवस्तुहरू नेपाल टेलिभिजनमा देख्न चाहन्छु ।” ...