काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा आज छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी लगायत दलका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।



उज्यालो खबर




