×

राजनीति

एमाले कैलालीको अधिवेशन आजदेखि, पदाधिकारीमा पहिले नै सहमति खोजिंदै

एमाले कैलालीको अधिवेशन आजदेखि, पदाधिकारीमा पहिले नै सहमति खोजिंदै
अध्यक्षका दाबेदार दुर्गा जोशी, डेजी पाण्डे र यज्ञराज ढुंगाना । धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतिमै नेतृत्व चयन गरिने बताइरहेका छन् । सोही प्रयास अन्तरगत एमालेले कैलालीमा पहिलोपटक नयाँ अभ्यास गरेको छ । एमालेले अधिवेशन सुरु हुनुअ...

समाजवादी मोर्चाको बैठक आज बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा बैठक बोलाइएको हो । बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी) को कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । मोर्चामा नेकपा (माओवादी केन्द्र) , जनता समाजवादी पार...

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रलाई एजेण्डा बनाउन दबाब

कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रलाई एजेण्डा बनाउन दबाब
काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरुले ७ फागुनमा ललितपुरको गोदावरीमा सुरु हुने पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्रको विषयमा छलफल गर्न दबाब दिने बताएका छन् ।सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा गर्दै उनीहरुले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा प्रवेश गराउने तयारी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित घोषणासभामा महाअभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि सकारात्मक रुपमा ...

कांग्रेस बैठकमा शेखरले भने : अबका चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्नु हुँदैन

कांग्रेस बैठकमा शेखरले भने : अबका चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्नु हुँदैन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन्।पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा राख्ने क्रममा उनले कांग्रेस एक्लैले चुनावमा जाने गरी महासमिति बैठकले निर्णय गर्न सक्नु पर्ने पनि बताएका छन्। अब हुने हरेक तहका निर्वाचनमा कांग्रेसले चुनावी गठबन्धन वा तालमेल गर्न नहुने उनले बताए।‘हरेक तहका निर्वाचनमा अबउप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठवन्धन वा तालमेल गर्नु हुँदैन’...

फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ । यसका साथै संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने पनि एजेण्डा छ । ‘जनतामा आधारित कार्यकर्ता पार्टी निर्माणका सन्दर्भमा कस्तो ढाँचाबाट व्यवस्थित गर्न सकिन्छ भनेर छलफल ग...

आलमविरुद्ध आज अन्तिम सुनुवाइ, छुट्लान त आलम ?

आलमविरुद्ध आज अन्तिम सुनुवाइ, छुट्लान त आलम ?
रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ । २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने ...

भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको विकास नहुने दाबी गरेका छन् । उनले त्यसकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताए । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । ‘भ्रष्टाचार न...

छिटै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु : ‘प्रचण्ड’

छिटै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु : ‘प्रचण्ड’
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा गरेका छन्। सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरेअनुसार बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए। त्यस अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सोनाम ल्होछारका लागि सरकारले वर्ष सहयोग गर्ने आश्वासन दिए। गत वर्ष...