×

राजनीति

जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा

जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् । आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन । दुई दिनअघि मात्...

महासमिति बैठकमा गगन थापाले राखे कांग्रेसले एक्लै चुनाव लड्ने प्रस्ताव

महासमिति बैठकमा गगन थापाले राखे कांग्रेसले एक्लै चुनाव लड्ने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् ।ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् । ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन ग...

सनातन हिन्दु राष्ट्रको माग गर्दै कांग्रेस महासमिति बैठकमा गराइयो हस्ताक्षर

सनातन हिन्दु राष्ट्रको माग गर्दै कांग्रेस महासमिति बैठकमा गराइयो हस्ताक्षर
काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्।महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन्। सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्। अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्य...

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी, संघले कार्यपालिकालाई निलम्बन गर्न सक्ने

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी, संघले कार्यपालिकालाई निलम्बन गर्न सक्ने
  काठमाडौं । सरकारले ६ वर्षपछि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्ने तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’को मस्यौदा तयार पार्दै सुझावका लागि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको हो । मन्त्रालयको संघीय मामिला महाशाखाले तयार पारेको विधेयकको मस्यौदामा मूल दफाको ३७ वटा दफामा संशोधनका लागि प्रस्ताव गरिएको छ ।संशोधित विधेयकको मस्यौदाबारे सुधार्नुपर्नेलगायतका विषयमा सुझाव मागिएको म...

काँग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न माग

काँग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न माग
  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। काँग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने बताएका हुन्। ललितपुरको गोदावरीमा सोमबारबाट सुरु भएको महासमिति बैठकमा बोल्दै उनले पदाधिकारीले गरेका गल्तीहरूलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए। यस्तै पार्टीको सांगठनिक संरचना सुधार गर्ने महासमितिले अधिकार राख्ने ...

देउवा-गगन वार्तामा सहमति हुन सकेन, उद्घाटनपछि पुन : बैठक बस्ने

देउवा-गगन वार्तामा सहमति हुन सकेन, उद्घाटनपछि पुन : बैठक बस्ने
काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो । ‘मुख्य कुरा चुनावअघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न सकेन,’ कांग्रेसका एक नेताले भने, ‘दुवै पक्ष लचक नभएपछि उद्घाटनपछि फेरि बैठक बस्ने कुरा भएको छ ।’ संस्थापन पक्षले ‘प्रि-इलेक्सन एलायन्स’ नगर्ने संकल्प ग...

कांग्रेस महासमिति बैठक आजदेखि, गोदावरीमा दिउँसो देउवाले उद्घाटन गर्ने

कांग्रेस महासमिति बैठक आजदेखि, गोदावरीमा दिउँसो देउवाले उद्घाटन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरू हुँदैछ।ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सभापति शेर बहादुर देउवाले महासमिति बैठकको उद्घाटन पार्टीका प्रचाार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए। त्यसपछि सुरू हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी ...

आज प्रजातन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

आज प्रजातन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह
  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहने छ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन...

विप्लव बने समाजवादीको मोर्चाको संयोजक

विप्लव बने समाजवादीको मोर्चाको संयोजक
काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । ...