×

राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ । संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए । संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । अघिल्लो संसद बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु
काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् ।अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा नि...

शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै

शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै
काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना हुने गरेको छ । आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्...

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सका...

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान पुन

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरे। हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो।‘कोशी प्रदेशको...

राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी
  काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ स...

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा
काठमाडौं । सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।   आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद...

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगक...

सत्ताका लागि संसारभरी नै मारामार छ : देउवा

सत्ताका लागि संसारभरी नै मारामार छ : देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको बताएका छन्।सत्ता सबलाई आवश्यक पर्ने भन्दै उनले सत्ताका लागि चुनाव जित्नुपर्ने बताए।‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ उनले भने, ‘चुनाव लड्नुपर्छ, जनतामा जानुस्, जनतालाई सम्पर्क गर्नुस्।’ नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने दाबी गरे।कसैको बहुमत नआउने भएकाले नै अन्य दलसँग चुना...