गृहमन्त्री लामिछानेको निलम्बन मागिएको रिटमा आज जवाफी बहस
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा आज सुनुवाइ हुने भएको छ ।यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दा हेर्दैमा राखिएको छ । यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिटमा आज जवाफी बहस मात्र हुनेछ ।
मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो । अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि निलम्ब...


