×

 

काठमाडौं –  नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन संसदमा रहेका सबै दलहरूलाई आह्वान गरेको छ।पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहभागी हुन आह्वान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

त्यस्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारसम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेको नेता ज्ञवालीले बताए।उनले प्रमुख दुई दलबीच राष्ट्रिय सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले सहजरूपमा राजीनामा दिएर बाटो खुलाइदिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया