×

राजनीति

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमतिअनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । स्रोतका अनुसार मंगलबार (आज) बिहान नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनेछन् । एमालेबाट सरकारमा आठ मन्त्री छन...

ओलीले सरकारको नेतृत्व पहिला गर्ने, प्रधानमन्त्रीको राजीनामा आउनेमा कांग्रेस–एमाले विश्वस्त

ओलीले सरकारको नेतृत्व पहिला गर्ने, प्रधानमन्त्रीको राजीनामा आउनेमा कांग्रेस–एमाले विश्वस्त
काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमति जुटाउन लागिपरेका एक नेताका अनुसार सहमति भइसकेको छ ।राति १ बजे टेलिफोनमा कुरा गर्दै ती नेताले भने, “हामीबीच सहमति भएको छ । पहिला सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।” उनका अनुसार यो सहमति रातारात भएको चाहिँ होइन ।“हामी केही दिनदेखि होमवर्कमै थियौँ,” ती...

रास्वपा भित्र देखा परेका घटनाक्रमबारे ओली र प्रचण्डको चासो

रास्वपा भित्र  देखा परेका घटनाक्रमबारे ओली र प्रचण्डको चासो
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले रास्वपा सभा...

महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण
  काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ।रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले महामन्त्रीलाई डा. ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको बताइन्। ‘उहाँलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो,’ रावलले भनिन्।महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए। इलाम—२ को प्रतिनिधि सभा उपचुना...

मदन–आश्रितको हत्यारा पत्ता लाग्छ – ओली

मदन–आश्रितको हत्यारा पत्ता लाग्छ – ओली
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्।राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले सत्यहरुलाई शक्तिले लुकाए पनि समयक्रममा बाहिर आउने बताएका हुन्। ‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै,’ ओलीले भने, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ...

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने
  काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले  जानकारी दिए । उनले सम्पूर्ण पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो । ‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले...

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो, जसपा भने सरकारमा यथावत

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो, जसपा भने सरकारमा यथावत
रुपन्देही । सत्तारुढ जनता समाजवादी केन्द्रमा देखिएको खटपटले प्रदेश सरकारलाई समेत समस्यामा पार्ने देखिएको छ । केन्द्रमा दुई पार्टी भएर प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिले दुई अलग अलग पार्टी बनाएपनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्चमा गएकाले त्यो प्रकृया यसै रोकिएको छ । ३ सांसद रहेको लुम्बिनी जसपा नेपाल तर्फ एक सांसद छन् भने जसपामा दुई सांसद छन् । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्...

रविलाई नारायणकाजीको झटारो – पहिले ठूला कुरा गर्नेले आफ्नो पालोमा के गरे ?

रविलाई नारायणकाजीको झटारो – पहिले ठूला कुरा गर्नेले आफ्नो पालोमा के गरे ?
  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अर्का उपप्रधानमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन् । श्रेष्ठले गृहमन्त्री हुँदा फाइल खोले पनि कारबाही गर्न नसकेको भन्दै रविले ‘मुटु हुनेले फइल खोलेको भएको कारबाही हुने’ भन्दै कटाक्ष गरेका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसको जवाफ दिएका हुन् । उनले भने, अरू बेलामा ठूल्ठुला कुरा गर्नेहरू आफ्नो पालो आएपछि चाहिँ भयो ? गरौँ कि नगरौं भन्ने अनि कसरी ...